Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्री गर्ने

लगानी खबर, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले असार  ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४ लाख ५० हजार इकाई बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख इकाई (मध्ये ५% इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि बिक्री गर्नेछ  । 

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९% ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा असर ६ गतेदेखि छिटोमा असार ९ गते र असार २०  गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्  ।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छन् ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

ऋणपत्रको बारेमा थप जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस् :- 

60c2e0602dc3e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।