लगानी खबर, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते, मंगलबारबाट बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (जेठ २८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । आज बैंकिङ समयसम्म बैंकको उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड” को आपसी सहमतिमा बिक्री वितरण गरिने बैंकले जनाएकाे छ ।.साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ ।
यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।