Like us!
Follow us!

ललितपुर् फाइनान्स नेपाल फाइनान्समा विलय हुँदै, स्वाप रेसियो कति ?

ललितपुर् फाइनान्स नेपाल फाइनान्समा विलय हुँदै, स्वाप रेसियो कति ?

लगानी खबर, काठमाडौं - आज (जेठ २८ गते, शुक्रबार) २ कम्पनीको विशेष साधारण सभा हुँदैछ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनी लिमिटेडले विशेष सभा आह्वान गरेका हुन् । ललितपुर फाइनान्स नेपाल फाइनान्समा विलय हुँदैछ । दुवै कम्पनीले आ-आफ्नो कम्पनीको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेका छन् । दुवै कम्पनीको सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।