Like us!
Follow us!

यी ३ कम्पनीको वार्षिक सभा आज, कुनको एजेण्डा के ?

यी ३ कम्पनीको वार्षिक सभा आज, कुनको एजेण्डा के ?

लगानी खबर, काठमाडौं - आज (जेठ २८ गते, शुक्रबार) विभिन्न ३ कम्पनीको वार्षिक साधारणसभा हुँदैछ  । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ । यी कम्पनीले विभिन्न एजेण्डा पारित गर्दैछन् ।

कुनको एजेण्डा के ?
१.हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सत्ताइसौं वार्षिक साधारण सभा आज (शुक्रबार), कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२.लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साेर्हाैँ वार्षिक साधारण सभा  आज (शुक्रबार) भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल  १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा९नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।.कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३.सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा आज (शुक्रबार)  काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम  गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।