Like us!
Follow us!

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ संक्रमणमुक्त

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९ सय एक जनाको पीसीआर परीक्षण गर्दा  २ हजार ८ सय ७४ जना र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप ५९ जनाको मृत्यु भएको छ । बुधबार देशभर  ४ हजार ३ सय ४४ जना संक्रमित थपिएका थिए, भने ५ हजार ७ सय ६८ जना निको भएका थिए । यस्तै, बुधबार कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।