Like us!
Follow us!

हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता

हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता

लगानी खबर, काठमाडौं - हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएकाे छ । कम्पनीले हालै मात्र बीमा समितिबाट लाइसेन्स प्राप्त गरेकाे थियो । कम्पनीलाई जेठ १७ गते, साेमबार बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको थियो । 

कम्पनीले जेठ २३ गते, आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएकाे हाे । जस अनुसार कम्पनीकाे नेपाली नाम हिमालयन रि इन्स्योरेन्स र अंग्रेजी नाम Himalayan Reinsurance Limited रहनेछ । याे कम्पनी गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ । कम्पनीको दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ रहेको छ ।

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका थिए । अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्स गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् । जसमध्येबाट बीमा समितिले हिमालयन पुनर्बीमा कम्पनीलाई छनाेट गरेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।