लगानी खबर, काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने भएकाे छ ।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेका र कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका कम्पनीले जनाएकाे छ ।
आम बीमितहरुको यहि समस्यालाई विचार गरी कम्पनीले राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेकाे हाे । २०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिम बिलम्व शुल्क छुट दिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।