Like us!
Follow us!

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष सभा सम्पन्न, प्राप्ति सम्बन्धि प्रस्ताव पारित

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष सभा सम्पन्न, प्राप्ति सम्बन्धि प्रस्ताव पारित

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा सम्पन्न भएको छ । दुवै कम्पनीको विशेष साधारण सभा आज आ-आफ्नो कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ  । सभाले सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको पारित गरेको छ। 

सभाले प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् ।

त्यसैगरी, प्राप्तिपश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।