Like us!
Follow us!

रैराङ हाइड्रोको संस्थापक सेयर कारोबारका लागि खुल्ला

रैराङ हाइड्रोको संस्थापक सेयर कारोबारका लागि खुल्ला

लगानी खबर, काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे संस्थापक सेयर पनि कारोबारका लागि खुल्ला भएको छ ।

आईपीओ बाँडफाँड मितिबाट ३ वर्ष पूरा भएकाे हुनाले कम्पनीको संस्थापक सेयर पनि कारोबारका लागि खुल्ला भएको हाे । याेसँगै अब संस्थापक सेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिनेछ ।

तेस्रो त्रैमासको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी र नेटवर्थ गलत भएकाले सच्याइएको पनि कम्पनीले जनाएको छ । कम्पनीले वैशाख २० गते साेमबार प्रकाशन गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १७ पैसा हुनुपर्नेमा भुलवश १३ रुपैयाँ ३ पैसा भएको र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८ पैसा हुनुपर्नेमा २०० रुपैयाँ भएकाले सच्याइएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

60c1a6209beb9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।