लगानी खबर, काठमाडौं - आज (जेठ २७ गते, बिहिबार) २ कम्पनीको विशेष सभा हुँदैछ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न विशेष सभा आह्वान गरेका हुन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सातौँ विशेष साधारण सभा आज ९ बजे बैंकको केन्द्रिय कार्यालयमा वेबिनारमार्फत बिहान ९ बजे सुरु हुनेछ । सभामा प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् । त्यसैगरी, प्राप्तिपश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै, सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा पनि आज बिहान ९ बजे फाइनान्सकाे केन्द्रिय कार्यालयमा हुँदैछ । सभामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सभामा प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।