Like us!
Follow us!

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

लगानी खबर, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजारभन्दा धेरै कित्ता एफपीओ निष्काशन गर्ने भएकाे छ । 

संस्थाले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्काशन गर्न लागेकाे हाे । यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने भनेकाेमा यसलाई परिवर्तन गरी अब संस्थाले ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

संस्थाकाे चैत्र १८ गते सम्पन्न दशाैँ वार्षिक साधारण सभाले एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्काशन गर्न लागेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्: 

60c08018ae7e1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।