Like us!
Follow us!

कतिमा भयो सिईडिबी हाइड्रोपावरको पहिलो सेयर कारोबार ?

कतिमा भयो सिईडिबी हाइड्रोपावरको पहिलो सेयर कारोबार ?

लगानी खबर, काठमाडौं धितोपत्र दोस्रो बजारमा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आज (बुधबार)देखि सेयर कारोबार शुरु भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे ५० कित्ता सेयर प्रतिकित्ता ४१६ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

मंगलवार कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको कम्पनीको सीएचडीसी स्टक संकेतबाट सेयर कारोबार शुरु भएको हो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।