Like us!
Follow us!

फरवार्ड माइक्रोफाइनान्सले ३ लाख ९४ हजार कित्ता सेयर लिलामीमा ल्याउँदै

फरवार्ड माइक्रोफाइनान्सले ३ लाख ९४ हजार कित्ता सेयर लिलामीमा ल्याउँदै

लगानी खबर, काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको छ ।

संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो । 

उक्त सेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ ।

उक्त सेयर असार ३ गतेदेखि लिलामीमा आउनेछ उक्त सेयरमा को कोहि व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको बिक्री प्रवन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

60c042df3f0ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।