Like us!
Follow us!

स्वावलम्बन लघुवित्त १ लाख ९० हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

स्वावलम्बन लघुवित्त १ लाख ९० हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

लगानी खबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै २ लाख कित्ता संस्थापक सेयर आज (बुधबार) लिलामीमा बिक्री खुल्ला भएको छ। 

संस्थाले कुल १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ तोकिएको छ। त्यसैले  बोलपत्र पेस गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी पेश गर्नुपर्नेछ।

उक्त सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले खरिदका लागि असार २९ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। उक्त सेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । 

60c0332211aa3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।