लगानी खबर, काठमाडौं - वि.सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजीबजार चार दशकसम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बना पूर्णनै छ । अझैं पनि नेपालको पुँजी बजार पुर्ण रुपमा विकसित हुन सकिरहेको छैन् ।
बजार पूर्वाधारहरुमा सुधार तथा विकासका लागि पछिल्लो समय बोर्डले धितोपत्र बजारमा उल्लेखिय सुधार तथा बिकासका कार्यहरु गरेको छ । यस्का अलावा पुँजीबजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरु अझै सुधार गर्नुपर्ने छ ।
यस्का साथै प्रशिक्षण तथा जनचेतना अभबिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानु पर्ने देखिन्छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउँन चाहने लगानीकर्ता हच्किनुपर्ने स्थिति छ । हाम्रो बजारमा सेयर साक्षरताको अझैँ कमि छ । यसका साथै, पुँजी बजारको विकास र बिस्तारको लागि हामिले उठाएका जायज मागहरुको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकायहरु आ आफ्नो जिम्मेवारीबाट विमुख रहँदा पुँजी बजारमा धेरै समस्या रहेको देखिन्छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।