Like us!
Follow us!

बजार बढेको बेला जोखिम पनि बढ्छ, चनाखो बन्नुहोस् : बोर्ड

बजार बढेको बेला जोखिम पनि बढ्छ, चनाखो बन्नुहोस् : बोर्ड

लगानी खबर, काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)लगानी गर्दा जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बजार सिद्धान्त अनुरुप नै बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा लगानीसँगसँगै जोखिम भन्ने कुरा ध्यानमा राखेर लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको हो ।

सेबोनले आज मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बजार बढेको बेला जोखिम पनि बढ्दै जाने भन्दै यस विषयमा चनाखो बन्न लगानीकर्तालाई आग्रह गरेको हो ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ भएका गुनासाहरु आएको र यस समबन्धमा बोर्डले अध्यन सुरु गरेको जनाएको छ । यस्तो अध्ययन सम्पन्न हुन केहि समय लाग्ने पनि बोर्डले जनाएको छ ।

सेबोनले यस विषयमा धितोपत्र सम्बन्धि ऐन, २०६३ ले बर्जित गरेको क्रियाकलापमा संलग्न नहुन पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै बोर्डले सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं। 

बोर्डले जारी गरेको प्रेस विज्ञप्ति हेर्नुहोस् :- 

60bf60cd77ae3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।