Like us!
Follow us!

सिईडिबी हाइड्रोपावर आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

सिईडिबी हाइड्रोपावर आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

आज (मंगलबार)  कम्पनीकाे ८३ लाख ९४ हजार १ सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

60bf2d0a04242.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।