Like us!
Follow us!

हिमाल दोलाखा हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

हिमाल दोलाखा हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - हिमाल दोलाखा हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ८८.८४ प्रतिशतले घटेर ११ लाख ३३ हजार रुपैयाँ  नाफा कायम भएको छ ।  गत वर्ष कम्पनीले १ करोड १ लाख ५७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ९ करोड ७९ लाख रुपैयाँबाट बढेर ११ करोड ८३ लाख ७४ हजार रुपैयाँमा भएको छ । 

हाल चुक्तापूँजी १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोष २२ करोड ८८ लाख  रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ०.०७ पैसा र प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।