लगानी खबर, काठमाडौं - नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको कम्पनि सचिवमा शेष कुमार ढुंगाना नियुक्त भएका छन् ।
कम्पनीको जेठ २४ गते सोमबार बसेको संचालक समितिको बैठकले कम्पनीको सचिव रमाकान्त मणि नेपालको राजीनामालाई स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
ढुंगानालाई जेठ २४ गतेदेखि लागु हुनेगरी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।