Like us!
Follow us!

लकडाउन तथा निषेधाज्ञामा पनि कोरोना संक्रमण किन बढिरहेको छ ? डा. रवीन्द्र पाण्डे

लकडाउन तथा निषेधाज्ञामा पनि कोरोना संक्रमण किन बढिरहेको छ ? डा. रवीन्द्र पाण्डे

लगानीखबर, काठमाडौँ-  स्थानीय सरकारले  उपत्यकामा लकडाउन तथा निषेधाज्ञा जारी गरे पनि  यो समयमा  कोरोना संक्रमण भने अझै बढिरहेको छ।  आखिर यस्तो किन भयो, अब के गर्ने ? यसो भन्छन स्वास्थ विज्ञ डा. रवीन्द्र पाण्डे

लकडाउन तथा निषेधाज्ञामा पनि कोरोना संक्रमण किन बढिरहेको छ ? 

- निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले। 
- मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले। 
- तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले। 
- पुलिंग मेथडबाट संबेदनशील स्थानमा मास टेस्टिंग नगरेकोले। 
- जनचेतनाका प्रभावकारी बिज्ञापन, टेलिफ्लिम, कार्यक्रम ( बिभिन्न मातृभाषामा सहित ) निर्माण नगरेकोले। 
- नागरिक परिचालन नगरेकोले। 
- न्यून आय भएका नागरिकलाई राहत नदिंदा जोखिम मोल्न बाध्य भएकोले। 
- बिज्ञको सुझाब अनुसार अल्पकालिन र दीर्घकालीन रणनीति नबनाएकोले। 
- भारतसंगको सिमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकोले। 
- अन्तर प्रदेश तथा अन्तर जिल्ला आवागमनको नियमन नगरेकोले। 
- भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्बासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका ब्यबसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकोले। 
 

अब के गर्नुपर्छ ?
 

- लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने बर्गलाई ठूलो समस्या परेको छ | तसर्थ निषेधाज्ञा हटाउने। 

- सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे / नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने।  मापदण्ड पालना नगर्नेलाई जरिवानाको ब्यबस्था गर्ने | सुरक्षाकर्मी तथा CCTV बाट हरेक टोलको भीडभाड अनुगमन गर्ने। 

- मास्क र दुरी बिना कुनै सेवा उपलब्ध नगराउने | ९० % भन्दा धेरैले मास्क लगाउने तथा दुरी कायम गर्ने वातावरण तयार गर्ने। 
- प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समुह, NGO, बिभिन्न पार्टीका भात्रृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, बिपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने | शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने। 

- पुलिंग मेथडबाट दैनिक १ लाखको कोरोना परीक्षण गर्ने। 

- सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पुरा गरेर संचालन गर्ने | माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने। 

- व्यक्तिगत सवारी जोरबिजोर चलाउने। 

- सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गर्ने ब्यबस्था मिलाउने। 

- कोरोना फ्री वडा / पालिका बनाउने अभियान सुरु गर्ने। 

- संचार माध्यम तथा सामाजिक संजाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा बैज्ञानिक बिचार प्रसारण / प्रकाशन गर्ने बातावरण सिर्जना गर्ने।  जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने। 

- पूर्ववत पेशाबाट बिस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समुहलाई नयाँ रोजगारीको क्षेत्र ( उत्पादन, वितरण आदिमा ) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने। 

- भीडभाड हुने क्षेत्र नखोल्ने। 

- समुहमा बस्ने तथा काम गर्ने समुह ( सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, संचारकर्मी तथा होस्टेलमा बस्ने सबैलाई अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने। 


-स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक संचार माध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रुपमा प्रसारण / प्रकाशन गर्ने। 

- मनोपरामर्श सेवा प्रभाबकारी बनाउने।  

ताजा समाचार