लगानी खबर, काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो अवधिसम्म आइपुग्दा खुद नाफामा गिरावट आएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ७८.५४ प्रतिशतले घटेर ९ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ४४ लाख ७८ हजार रुपैयाँले घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५५ लाख ६ हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । जगेडा कोष भने ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ०९ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २४ पैसा छ ।
चैत मसान्तसम्म संस्थाको मौज्दात, आम्दानी र तरलतामा उल्लेखनीय परिवर्तन छैन । कम्पनीको व्यावसायिक योजना अनुरुप नै कार्य भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ जलविद्युत आयोजनाहरु गर्ने पुर्व तयारी गरिरहेको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।