Like us!
Follow us!

युनियन हाइड्रोपावरले डाक्यो संयुक्त सभा, बुकक्लोज कहिले ?

युनियन हाइड्रोपावरले डाक्यो संयुक्त सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गतेको लागि बोलाइएको छ । 

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bdc9c49270b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।