Like us!
Follow us!

राष्ट्र बैंकले तोक्यो आरटीजीएस प्रणाली कारोबारको समय सीमा

राष्ट्र बैंकले तोक्यो आरटीजीएस प्रणाली कारोबारको समय सीमा

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । 

बैंकले भोली मंगलबारदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । 
 
बैंकले एक सूचना प्रकाशन गर्दै अर्को सूचना जारी नभएसम्म साताका सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरिएको जनाएको छ ।

60bda8398b340.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।