Like us!
Follow us!

यी २ कम्पनीको विशेष सभा मंगलबार हुँदै, के-के छन् एजेण्डा ?

यी २ कम्पनीको विशेष सभा मंगलबार हुँदै, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - भोलि (जेठ २५ गते, मंगलबार) विभिन्न २ कम्पनीको विशेष सभा हुँदैछ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा मंगलबार हुन लागेको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा जेठ २५ गते, मंगलबार संस्थाको केन्द्रिय कार्यालय धादिङमा  भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले १००:६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।

सभाले प्राप्तिपश्चात संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

हिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा जेठ २५ गते, मंगलबार संस्थाकाे केन्द्रीय कार्यालय, मकवानपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सभाको विशेष प्रस्तावमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने एजेन्डा रहेकाे छ । सभामा  संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।