Like us!
Follow us!

नेपाल सेवा लघुवित्तको वार्षिक सभा आज हुँदै, के-के छन् पारित हुने एजेण्डा ?

नेपाल सेवा लघुवित्तको वार्षिक सभा आज हुँदै, के-के छन् पारित हुने एजेण्डा ?

लगानी खबर, काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्थाकाे छैठौं वार्षिक साधारण सभा आज (जेठ २४ गते साेमबार) हुँदैछ ।संस्थाको सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । यसका साथै यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।