Like us!
Follow us!

अभिकर्ताको कर्जा असुल गराउने सम्बन्धमा पछि हट्यो बीमा समिति

अभिकर्ताको कर्जा असुल गराउने सम्बन्धमा पछि हट्यो बीमा समिति

लगानी खबर, काठमाडौं - बीमा अभिकर्ताहरूको चर्को विरोधपछि अन्ततः बीमा समिति अभिकर्ताहरूको कर्जा असुल गराउने सम्बन्धमा पछि हटेको छ । समितिले वैशाख २ गते एक परिपत्र जारी गर्दै अभिकर्ताहरूले लगेको कर्जा आगामी असार मसान्तभित्र असुल गर्न जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । तर, त्यस विषयमा बीमा कम्पनीसहित अभिकर्ताहरूबाट विरोध भएपछि समितिले कर्जा असुल गर्ने समय थप गरिदिएको हो ।

समितिले आइतवार जीवन बीमा कम्पनीहरूका लागि परिपत्र जारी गर्दै त्यस्तो कर्जा असुल गर्ने समय थप गरिदिएको हो । यससँगै अब कम्पनीहरूलाई असारभित्र नै अभिकर्ताबाट कर्जा असुल गर्नुपर्ने बाध्यता हटेको छ ।

समितिले मिति नै तोकेर समय भने थप गरेको छैन । अब कम्पनीहरूले नै निश्चित समयभित्र अभिकर्ताबाट कर्जा असुल गर्नेगरी समयतालिका बनाएर समितिमा पेश गर्नुपर्ने छ । त्यसपछि सोहीअनुसार नै अभिकर्ताहरूबाट कर्जा असुल गर्नुपर्ने परिपत्रमा उल्लेख छ । बीमा कम्पनीहरूसँगको छलफलमा असारभित्र नै कर्जा असुल गर्न असम्भव देखिएपछि यस्तो निर्णय गरिएको समितिको भनाइ छ ।

समितिले गत वैशाख २ गते परिपत्र जारी गर्दै अभिकर्तालाई नयाँ कर्जा दिन पनि रोक लगाएको थियो । यस विषयमा भने बीमा समिति मौन बसेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ताको कर्जा असुल गर्ने अवधि थप गरिएको बताए । यो समाचार आजको अभियान दैनिकमा छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।