लगानी खबर, काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यान दिएर भर्चुअल माध्यमबाट कम्पनीको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो ।
सभाले साधारण सेयर (आइपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले थप प्रक्रिया पुरा गरेपछि आईपीओ निष्काशनका नेपाल धितोपत्र बोर्डमा लागि निवेदन पेश गर्नेछ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पनि पारित गरेको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि निर्धारण गरेको छ ।
त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको ।
केयर रेटिङ नेपाल(इक्रा)ले कम्पनीको आईपीओलाई 'केयर एनपी ट्रिपल बी मानस' रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।