Like us!
Follow us!

सेयर बजार दिनहुँ कीर्तिमानीतर्फ : नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

सेयर बजार दिनहुँ कीर्तिमानीतर्फ : नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

लगानी खबर, काठमाडौं - साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ ।  आइतबार नेप्से परिसूचक  र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५०.१४ अंकले बढेर २९०६.९१ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ७.८८ अंकले बढेर ५२०.९९ बिन्दुमा पुगेको छ । यसअघि बिहिबार मात्रै २८५६.६७ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको नेप्से परिसूचकले आज पुरानो रेकर्ड ब्रेक गरेको हो । 

आज कूल २१८ वटा कम्पनीको ३ करोड ६९ लाख ६१ हजार ९३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब १३ करोड ७९ लाख ३१ हजार ६५८ रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकमले पनि नयाँ राखेको हो । यसअघि जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार गरी बजारले नयाँ रेकर्ड राखेको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ ।

आइतबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो बजार खुलेको केहि मिनेटमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, सर्वाधिक नाफा कमाउने अन्य कम्पनीहरुमा क्रमश: गुडविल फाइनान्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक,रिडी हाइड्रोपावर, नेपाल बंगलादेश बैंक, मितेरी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, मेगा बैंक लिमिटेड,   नेपाल इन्फ्रास्ट्रक्चर बैंक र लक्ष्मी बैंक रहेको छ ।

यता राधी विद्युत, दिव्यश्वरी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, मल्टीपपर्स फाइनान्स, बेष्ट फाइनान्स, जोशी हाइड्रोपावर, र पन्चकन्या माइ हाइड्रोपावरका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

आइतबार नेपाल पूनर्बीमा कम्पनीले सर्वाधिक काराेबार गरेको छ । सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरूमा क्रमश : नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लुम्बिनी विकास बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बङ्गलादेश बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लाेबल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।