Like us!
Follow us!

लाभांश पारित गर्न सीआइटीले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न सीआइटीले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नागरिक लगानी कोष(सीआइटी)ले २६औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कोषकाे जेठ २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार १८ गते, शुक्रबार, काेषकाे केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

कोषले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । सभाले उक्त लाभांश अनुमोदन गर्नेछ ।

काेषले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार ८ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

काेषले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

60bc7760ad861.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।