Like us!
Follow us!

सामाजिक सुरक्षा कोषमा खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

सामाजिक सुरक्षा कोषमा खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

लगानी खबर, काठमाडौं - सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई  डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।   

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।

यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुवै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी  गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ । 

 “खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाई विश्वास  छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सही बनाउन  थप टेवा पुग्नेछ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने, “उक्त सेवा सञ्चालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाइ निकै सहज हुने अपेक्षा हामीले गरेका छौँ ” भुर्तेलले बताए ।

सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्ती सँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा  दिन पाएकोमा ज्यादै खुशी भएकाे सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, कपिलमणि ज्ञवालीले बताएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।