Like us!
Follow us!

साल्ट ट्रेडिङ कर्पोरेशनले बल्ल प्रकाशन गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, कस्तो छ अवस्था ?

साल्ट ट्रेडिङ कर्पोरेशनले बल्ल प्रकाशन गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, कस्तो छ अवस्था ?

लगानी खबर, काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अवधि समेत समाप्त भइसक्दा दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

दोश्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५.४७ प्रतिशतले धेरै हो । गत वर्षको सो अवधिसम्म कम्पनीले २ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफाआर्जन गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा पनि वृद्धि भएको छ । गत वर्ष ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गर्न सफल भएको छ । गत वर्षको तुलनामा कम्पनीको आम्दानी २५ प्रतिशत बढेको हो । 

हाल चुक्तापूँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ रहेको  कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ रहेको छ ।  यस्तै अनुसार कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ४१४ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।