Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

मल्टीपर्पस फाइनान्सले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे जेठ ११ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औँ वार्षिक साधारण सभा असार ६ गते केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (जेठ २४ गते, साेमबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (जेठ २३ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले साधारण सभाकाे एजेन्डाहरू भने हालसम्म प्रकाशन गरेकाे छैन । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ५ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी रू. ४.८ रहेको छ ।

60bc65ddb7f93.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।