Like us!
Follow us!

सानिमा लाईफको साधारणसभा आज हुँदै, आईपीओ निष्काशन गर्ने मुख्य एजेण्डा पारित गरिने

सानिमा लाईफको साधारणसभा आज हुँदै, आईपीओ निष्काशन गर्ने मुख्य एजेण्डा पारित गरिने

लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज (जेठ २३ गते, आइतबार)  हुँदैछ । कम्पनीको उक्त सभा आज (जेठ २३ गते, आइतबार) कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । 

सभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

यसका साथै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।