Like us!
Follow us!

आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तले कति पायो रेटिङ ?

आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौं - इक्रा नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलाई रेटिङ प्रदान गरेको छ ।  इक्राले संस्थालाई  ‘(इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको हो। 

उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गर्ने तयारीमा छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्काशन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।