Like us!
Follow us!

खानीखोला हाइड्रोपावर ९ करोडभन्दा बढी घाटामा, अन्य सूचक कस्ता छन् ?

खानीखोला हाइड्रोपावर ९ करोडभन्दा बढी घाटामा, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको कम्पनी ९ करोड ९० लाख ५७ हजार रूपैयाँ घाटामा रहेकाे छ । उक्त घाटा रकम गत आर्थिक वर्षकाे वर्षकाे भन्दा थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी १० करोड १२ लाख २६ हजार रूपैयाँ घाटामा रहेकाे थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने उल्लेख्य सुधार आएको छ  । गत  आर्थिक वर्षकाे यसै अवधिमा ३ करोड ५६ लाख एक हजार रहेकाे विद्युत् बिक्रीबाट हुने आम्दानी यस अवधिसम्म बढेर ७ करोड २६ लाख ११ हजार रूपैयाँ पुगेकाे छ ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ६६ करोड २० लाख ऋणात्मक छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर २१ रुपैयाँ २७ पैसा नोक्सानमा रहेकाे छ । 

कम्पनीले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश नगरेकाे भन्दै नेप्सेले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम जेठ २० गते, बिहीबारबाट कम्पनीकाे काराेबार राेक्का गरेकाे थियाे ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

60bb10081cb2d.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।