Like us!
Follow us!

तेलको मूल्य अस्वाभाविक रुपले बढ्यो !

तेलको मूल्य अस्वाभाविक रुपले बढ्यो !

लगानी खबर, काठमाडौं - उत्पादकले  भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य  वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष  २०७७/७८  भित्रै  अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग  कागजात माग गरेर अध्ययन थालिएको हो ।  

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणहित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका  लागि  कागजात मगाइएको जानकारी दिए । 

तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय  अन्तर्राष्ट्रिय  बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन  गरिएको  पोखरेलको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।