Like us!
Follow us!

राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन गरी स्वीकृत

राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन गरी स्वीकृत

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रद सेयर परिमार्जन गरेर स्वीकृत गरेकाे छ । 

बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १:२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

नेपाल राष्ट्र बैंकले भने हिजाे जेठ २० गते, बिहीबार १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b9df39f1cc5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।