Like us!
Follow us!

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले एकैदिन विशेष सभा आह्वान गरेका छन् ।

यी २ कम्पनीले असार ५ गते विशेष साधारण सभा आह्वान गरेका हुन् । दुवै कम्पनीको विशेष साधारण सभा आआफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । 

विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। 

प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । त्यसैले, जेठ २७ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

60b99e6f5c384.jpg 60b99e76abec6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।