Like us!
Follow us!

रिचार्जरबाट राष्ट्रिय आविष्कार केन्द्रले किन्यो ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर

रिचार्जरबाट राष्ट्रिय आविष्कार केन्द्रले किन्यो ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर

लगानी खबर, काठमाडौं – ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री वितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो । 

उत्कृष्ट ब्राण्ड मध्ये काइया ZY-5CA ५ लिटर १७.८ के.जी, QJ–ZY10La १० लिटर ३६ के जी र Carer ब्राण्डको ५ लिटरको CR–F5SW , CR–P5W अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविस्कार केन्द्रबाट जाच पास भएको २ बर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुनेछन् ।  

नेपाली बजारमा कोभिडसँग सम्बन्धी सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एनजीओ , आईएनजीओ, अस्पताल, बैंक,फाईनान्सको अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ ।

पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पी पी ई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुनेछ ।

एन आई सी एशिया बैकको भिसाकार्डहुनेले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।