Like us!
Follow us!

हकप्रद लहर : ३ कम्पनीको ११ अर्ब ३८ करोडको हकप्रद आउँदै, कुनको कति ?

हकप्रद लहर : ३ कम्पनीको ११ अर्ब ३८ करोडको हकप्रद आउँदै, कुनको कति ?

लगानी खबर, काठमाडौँ - आजकाल नेपाली सेयर बजारमा छुट्टै राैनकता देखिन थालेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि नयाँ-नयाँ रेकर्ड बनाउँदै गइरहेकाे छ अनि सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन गर्दै बढिरहेकाे छ । सेयर बजारमा लगानीकर्ताहरूले लगानी गर्ने धिताेपत्रका विभिन्न औजारहरू हुन्छन् । तीनै लगानीका औजारमध्येकाे एक हाे, हकप्रद सेयर ।

हकप्रद सेयरकाे कुरा गर्नुपर्दा विभिन्न ३ वटा कम्पनीकाे हकप्रद सेयर आउँदैछ । जसमध्ये २ वटा कम्पनी हकप्रद निष्कासन गर्ने स्वीकृतीका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा पाइपलाइमा रहेका छन् । एउटा कम्पनीले स्वीकृती पाएर ल्याउने तयारी गरिरहेकाे छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेड  स्वीकृतीका लागि सेबाेनमा पाइपलाइनमा छन् ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सेबाेनबाट अनुमति पाएर निष्कासन गर्ने तयारीमा छ ।

यसका साथै, अपि पावर कम्पनी लिमिटेडले पनि आज (जेठ २० गते, बिहीबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । आज जेठ २० गतेबाट बिक्रि खुल्ला गरिएको उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ । यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १:०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले  १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाइसकेकाे छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । सेबाेनबाट अनुमति पाएपश्चा्त कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।