Like us!
Follow us!

महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै खल्ती

महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै खल्ती

लगानी खबर, काठमाडौं - UNCDF र UNESCAP सँग सहकार्य गरि खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम (MSMEs) उद्यमीहरुलाई विभिन्न प्रशिक्षण मार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको छ। 

“महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो। हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ” खल्ती डिजिटल वालेटका परियोजना संयोजक, प्रभात कुमार झाले भने, “हामीले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि (MSMEs) उद्यमीहरुलाई ल्याएका छौँ ।” 

कार्यक्रममा सहभागी महिला, स्निग्धता श्रेष्ठले पनि खल्ती, युएनसीडीएफ र युएनईएससीएपी सँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा धेरै नै खुशी लागेको बताइन्। यस प्रशिक्षणले (MSMEs) उद्यमीहरुलाई आफ्नो दिगो विकास सम्बन्धि व्यवहारिक ज्ञान दिएको उनले बताइन् ।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरि धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ। 

त्यसैगरी, महिलाको नेतृत्वमा संचालन भईरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४% क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार