Like us!
Follow us!

निर्धन उत्थान लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

निर्धन उत्थान लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर आवेदन दिने अन्तिम दिन आज (जेठ २० गते) रहेको छ । आज कार्यालय समयसम्म मात्र उक्त सेयरमा आवेदन दिन सकिनेछ । 
कम्पनीले जेठ १३ गते, बिहिबादेखि न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । 

लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
 
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका आवेदन दिन सक्नेछन् ।  उक्त सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।