लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री गरेको हकप्रद सेयर बाँडफाँड भएको छ ।
कम्पनीले प्रतिसेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता सेयर बाँडफाँड जेठ १८ गते गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा १:०.५ को अनुपातमा उक्त हकप्रद सेयर बिक्री गरेको हो ।
साथै, कम्पनीले बाँडफाँडमा नपरेको सेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने कम्पनीले जनाएको छ । कम्पनी हकप्रदको बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।