Like us!
Follow us!

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सुरु

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सुरु

लगानी खबर, काठमाडौँ - सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले “डिजिटल सिटिजन”अभियान अन्तर्गत “अनलाईन बीमा दावी” सेवा शुभारम्भ गरेको छ । 

कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नु पर्ने हालको परिस्थितीएवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानु कूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन यस्तो सेवा सुरु गरेको हो । 

यस सुविधामार्फत अब देखी सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनिबीमा दाबी प्रकृया पुरा गर्न सकिन्छ ।

कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्बन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडाे हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीपनि विगत १ वर्ष देखी सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ। 

यसका साथै, कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी e-Sewa, Fonepay, Connect IPS गायतका डिजिटल बैंकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।