Like us!
Follow us!

अपि पावरको हकप्रद बिहीबारबाट खुल्दै, हकप्रद भर्नुअघि जान्नै पर्ने कुराहरु

अपि पावरको हकप्रद बिहीबारबाट खुल्दै, हकप्रद भर्नुअघि जान्नै पर्ने कुराहरु

लगानी खबर, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले भाेलि जेठ २० गते, बिहीबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्दैछ ।

कुनै पनि कम्पनीमा लगानी गर्नु भन्दा अगाडी उक्त कम्पनीकाे बारेमा सबै कुराहरू थाहा पाउनु जरूरी हुन्छ । तब मात्र हामी सुरक्षित लगानी गर्न सक्षम हुन्छाैँ । त्यसैले, अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद भर्नु अगाडी एक चाेटी कम्पनीकाे विस्तृत विवरण अवस्य हेर्नुहाेला ।

कम्पनीकाे हकप्रदकाे बारेमा सम्पूर्ण विवरण हेर्न यहाँ थिच्नुहाेस् 

 

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

क-कसले दिन पाउछन् आवेदन ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

जेठ २० गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

रेटिङ कति ?

कम्पनीकाे हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।