Like us!
Follow us!

चौधरी उद्योग ग्रामको बियर र चाउचाउ प्लान्टमा आगलागी

चौधरी उद्योग ग्रामको बियर र चाउचाउ प्लान्टमा आगलागी

लगानी खबर, काठमाडौं - पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा बुधबार बिहानदेखि आगलागी भएको हो । 

बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । अहिल सुरक्षाकर्मी र मजदुर दमकलसहितको टोलि आगो निभाउन खटिएका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको छ । 

चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।