Like us!
Follow us!

यी ३ कम्पनीको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

यी ३ कम्पनीको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

लगानी खबर, काठमाडौँ - विभिन्न ३ वटा कम्पनीकाे सेयर काराेबार राेक्का गर्न माग गर्दै सामाजिक सञ्जालमा "काका" का नामले परिचित लगानीकर्ता केशव कोईरालाले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन पेश गरेका हुन् । 

उनले वित्तीय दाेश्राे बजारमा कारेबार हुँदै आएका तर समयमा विवरण प्रकाशीत नगरि लगानीकर्ताहरुलाई अन्योलमा राख्ने खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर र हिमाल दोलखा पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गर्न माग गरेका हुन् ।

त्यसैगरी, उनले नेप्सेमा सूचिकृत अधिकांश कमजोर हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत उत्पादन सुरु नभई बैंकको साँवा तथा व्याज समेत भुक्तानी नगरी धमाधम संस्थापक सेयर बिक्रि गरी सञ्चालक समितीबाट राजिनामा दिँदै फरार हुनसक्ने जोखिम बढेकाले संस्थापकहरुको सेयर स्वामित्व रोक्का गर्न माग गरेका छन् ।

उनले बाेर्डमा पेश गरेका निवेदन यस प्रकारकाे छ :

60b71c9b90bf0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।