Like us!
Follow us!

विवेकशील साझाका नेता थापाको निधन

विवेकशील साझाका नेता थापाको निधन

लगानी खबर, काठमाडौं - विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा थापाकाे ४४ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

कोरोना संक्रमण भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।