Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

लगानी खबर, काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश्(कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको हो । 

बैठकले बिमा समितीबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन तथा एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

बिमा समितीद्धारा जारी निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन,२०६६ बजोजिम तयार पारिएको वित्तीय विवरणमा कम्पनीको खुद मुनाफा २६ करोड २५ लाख ७३ हजार २०३ रुपैयाँ देखिएको छ, भने एनएफआरएस अनुसार तयार पारिएको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा २५ करोड ९४ लाख ७६ हजार ५०० रुपेयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा समितीको स्वीकृतिपछि साधारणसभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने छ । 

60b595afdb2ad.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।