Like us!
Follow us!

एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश इतिहास : सेयरधनी बने हजारबाट लखपति

एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश इतिहास : सेयरधनी बने हजारबाट लखपति

लगानी खबर, काठमाडौँ -  लगानीकर्ताहरूले राेज्ने बैंकहरुमध्ये एक हाे, एनआईसी एशिया बैंक । बैंकलाई लगानीकर्ताहरुले रूचाउनुकाे कारण हरेको वर्ष बैंकले वितरण गर्दै आइरहेकाे आकर्षक प्रतिफल पनि एक हाे ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंककाे वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ९ सय २ रूपैयाँ रहेकाे छ ।

बैंककाे सेयरमा ८ वर्ष अगाडी १० हजार लगानी गरेका लगानीकर्ताकाे पुँजी अहिले बढेर २ लाख ९३ हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यस अवधिसम्ममा १०० कित्ता लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ३२५ कित्ता पुगेको छ । 

एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३९ प्रतिशत बाेनस र २.०५ प्रतिशत नगद गरि कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३७ प्रतिशत नगद गरि कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४  : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।